Nirvik Khabar

दुर्घटना भएको सात महिनापछि तारा एयरको जहाजका भग्नावशेष संकलन

निर्भीक खबर
निर्भीक खबर

काठमाडौं । गत जेठ १५ गते मुस्ताङमा दुर्घटना भएको तारा एयरको जहाजको भग्नावशेष सात महिनापछि सकंलन गरिएको छ ।पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो ।

भौगोलिकरूपले अति विकट पहाडको खोँच तथा पाखोमा छरिएका जहाजका पाटपुर्जा संकलन गर्न तारा एयरले मंसिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो ।समुद्री सतहबाट चार हजार ३ सय मिटर उचाइको पहाडबाट जहाजका पाटपुर्जा र सामान संकलन गरेर कोवाङ झार्ने काम सकिएको टोलीले जनाएको छ ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available