Nirvik Khabar

धनुषामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

received_2129529764081875

धनुषामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ ।सोमबार बिहान बटेश्वर गाँउपालिका-५, शान्तिपुरकी २८ वर्षीया अमृता यादवको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी अमृताको उपचारका क्रममा जनकपुरधामस्थित काव्य अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए ।

बिहान चार बजेतिर तीन-चार जनाको समूहमा आएका नकावधारी समूहले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको उनका श्रीमान् वीरेन्द्र यादवले प्रहरीलाई वयान दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको क्षेत्रीले बताए । उनका अनुसार प्रहरीले अमृताका श्रीमान् वीरेन्द्रलाई पनि शंकाको घेरामा राखेर अनुसन्धान सुरु गरेको छ ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस