Nirvik Khabar

‘छोरी विवाह टुटोस, इन्गेजमेन्ट नै टुटोस्’ तर तिमी नजल्नु है ! – डा.तोसिमा कार्की

Advertisements
Single Page Long - 2

काठमाडौं – ललितपुर-३ बाट प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित राष्ट्रिय स्वन्त्र पार्टीकी डा. तोसिमा कार्कीले आफ्नो लागि जीतभन्दा बढी जिम्मेवारी महत्वपूर्ण भएको बताएकी तोसिमाले विवाह जीवन यात्राको सुनौलो सुरुवात हो भने डिभोर्स पनि अप्ठ्यारो र बोझपूर्ण यात्राको अन्त्यससहित नयाँ बिहानीको सुरुवात हो भनेकी छिन् ।

सांसद कार्कीले सामाजिक सञ्जाल फेसबुकमा एक कविता ती भावनाहरु समेट्दै सार्वजनिक गरेकी हुन् ।राजधानीमा इन्गेजमेन्ट तोडिएपछि एक युवतीले केटाको घर अगाडि गएर गरेको आत्मदाहको घटनापछि लक्षित गरे जस्तो देखिने उक्त कवितामा तोसिमाले छोरी, तिमी नसहनु है- छोरी,तिमी नजल्नु है । छोरी, म छु नि,मलाई भन्नु है । बरु ईज्जत जाओस्,बरु बेईज्जत होस्, बरु बिवाह टुटोस्,बरु ईन्गेजमेण्ट टुटोस्, छोरी आफैँलाई मात्र दोष नदिनु है, छोरी तिमी नसहनु है,छोरी, तिमी नजल्नु है । भन्दै लेखेकी छिन् ।

 

यस्तो छ उनले लेखेको कविताः

छोरी,
तिमी नसहनु है।
छोरी,तिमी नजल्नु है।
छोरी, म छु नि,
मलाई भन्नु है।
बरु ईज्जत जाओस्,
बरु बेईज्जत होस्,
बरु बिवाह टुटोस्,
बरु ईन्गेजमेण्ट टुटोस्,
छोरी आफैँलाई मात्र दोष नदिनु है,
छोरी तिमी नसहनु है,
छोरी, तिमी नजल्नु है।
यत्ति हरेक घरले भन्न सक्नुपर्छ।
विवाह टुट्दा… रिस्ता टुट्दा,

एक नारी र उसको परिवारलाई हेर्ने दृष्टिकोण फेरिनुपर्छ। जसरी विवाह जिवन यात्राको सुनौलो सुरुवात हो, त्यसरी नै डिभोर्स पनि अफ्ठ्यारो र बोझपूर्ण यात्राको अन्त्य सहित नयाँ बिहानीको खोजि हो। समाजले यति मात्र बुझिदिए पनि कुण्ठा र पिँजडामा बाँच्न वाध्य धेरै नारीहरुले यहि नेपाली आकाशमा सुन्दर चरी झैँ आफ्नो जिवनमा गन्तव्यको उडान भर्न पाउने थिए।

यस्तै उनले निर्वाचित हुदै गर्दा भनेकी थिईन- जनताका मुद्दामा म सधैं साथमा उभिनेछु । मैले गरेका वाचा र तपाईंका आशा पूरा गरेपछि मात्र हाम्रो जीत हुनेछ,’ उनले भनिन्, ‘मलाई निरन्तर खबरदारी गरिदिनुहोला । संसदमा आफ्नो भूमिका राजनीतिको सुसभ्य परिभाषा स्थापित गर्नमा हुने उनको भनाइ छ । ‘संसदमा सांसदले जनता र जनमुद्दाको पक्षमा कसरी उभिने भनेर देखाउने छ। यसमा तपाईको साथ चाहिन्छ’।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस