माधब सापकोटा
२० मंसिर ,चितवन
बिहान बेलुका चिसो बढ्न थाले संगै भरतपुर सरकारी अस्पतालमा बिरामीहरुको चाप बढ्न थालेको छ । चिसो मौसमका कारण स्वास्थ्यमा समस्या देखिन थालेपछि बालबालिका बृद्ध बृद्धा र दिर्घ रोगिहरुमा यसको प्रभाब देखिन थालेको हो । मंसिर महिनाको पहिलो हप्ता देखिनै भरतपुर अस्पतालमा चिसोका कारण समस्या उत्पन्न भई स्वास्थ्य जाँच गराउनेको संख्यामा बृद्धि हुदै गएकोछ ।
गएको महिनाको तुलनामा यो महिना स्वाश-प्रश्वास ,दम,निमोनिया,बाथ र रुघाखोकीका बिरामिहरु बढ्न थालेको अस्पताल श्रोतको भनाई छ । अहिले झन्डै एक हजार जनाले ओ पि डि सेवा लिनेगरेकोमा ४० प्रतिशत चिसोका कारण उत्पन्न समस्या लिएर आउनेगरेको अस्पतालका सुचना अधिकारि गोपाल प्रसाद पौडेलले बताउनुभयो ।
अस्पतालमा बहिरंग सेवा ,आकस्मिक सेवा र भर्ना भएका बिरामीहरुको तत्थाकं हेर्दा बिस्तारै अझ चाप बढ्न्े सम्भाबना रहेको छ । भरतपुर अस्पताल देशकै केन्द्र भागमा रहेकाले यँहा छिमेकि जिल्लाका मात्र नभई अन्य जिल्लाहरुबाट समेत स्वास्थ्य सेवा लिन आउने गरेको पौडेलको भनाई छ ।
चिसो मौसम सुरु भएसंगै संक्रमण बढ्न सक्ने भएकाले स्वास्थ्यको ख्याल गर्नुपर्नेमा चिकित्सकको जोड रहेको छ ।
यो समयमा दिर्घ रोगिहरुमाको स्वास्थ्य प्रति अझ बढि सजग रहन उनिहरुले सुझाब दिएका छन् । उनिहरुले चिसो बाट हुने जोखीम न्युनिकरण्का लागि आफ्नो दैनिक खानपान , आनी बानिमा बिशेष ध्यान दिन आग्रह गरेका छन् ।


































Discussion about this post