Nirvik Khabar

तीन वर्षपछि फर्कियो आँखाको ज्योति

add

सिन्धुपाल्चोक, २० मङ्सिर 
पाँच पोखरी थाङ्पाल गाउँपालिका-६ का ६८ वर्षे रेञ्जेन लामा सोमबार निकै खुसी हुनुहुन्थ्यो । तीन वर्षअघि गुमेको आँखाको ज्योति फर्कँदाको खुसी उहाँको मुहारमा स्पष्ट देखिन्थ्यो । उपचारपछि आँखा देख्न सक्ने हुनुभएका उहाँ खुसीले निकै बेरसम्म नाच्नुभयो ।

तिलगङ्गा सामुदायिक आँखा केन्द्रले सोमबार मेलम्चीमा सञ्चालन गरेको निःशुल्क मोतिविन्दु शिविरमा आउनुभएका उहाँ आर्थिक अवस्था कमजोर हुँदा तीन वर्षदेखि उपचार गर्न पाउनुभएको थिएन ।

लामा जस्तै आँखाको ज्योति फिर्ता पाएर खुसी हुनेको सङ्ख्या धेरै थियो । मेलम्ची नगरपालिका-१२ का बाबुराम भुजेलको आँखाको ज्योति पनि शिविरमा उपचार गराएपछि फर्किएको छ । शिविरमा आउँदा अरुको साहरामा आउनुभएका उहाँ घर भने ठमठम हिँड्दै फर्कनुभयो ।

शिविरमा आउनुभएकी ७२ वर्षीय लीलामाया थापाले लामो समयदेखि आँखाले हेर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँसँगै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका ६५ वर्षीय निरमाई तामाङले पनि उपचार पाएकोमा शिविर आयोजना गर्नेलाई धन्यवाद दिनुभयो ।

मेलम्ची नगरपालिकाका साथै हेलम्बु, पाँचपोखरी थाङ्पाल, र इन्द्रावती गाउँपालिकामा मङ्सिर नौ देखि १५ सम्म मोतिविन्दु छनोट शिविर सञ्चालन भएको थियो । शिविरमा आयोजकले एक सय जना बिरामीको खाजा, खाना र बस्ने व्यवस्थासहित उपचार गराएको थियो । रासस

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस