Nirvik Khabar

अन्तर्घातको आरोपले रविको पार्टीमा भाँडभैलो, जिल्ला सभापतिलाई हटाउन माग

Advertisements
Single Page Long - 2

आइतबार, १८ मङि्सर

भर्खरै जन्मेर पहिलो पटक चुनाव लडेको राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि अन्तर्घातको समस्या देखा परेको छ। रास्वपाका मकवानपुरका सभापति राजकुमार न्यौपानेले आफनै पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेको आरोप लगाउँदै उनलाई जिम्मेवारीबाट मुक्त गर्न निवेदन दिइएको छ।

मकवानपुरका करिब ५० जनाले नेता, कार्यकर्ताले मंसिर १२ गते केन्द्रीय कार्यालयमा वुझाएको निवेदनमा सभापति न्यौपानेले चुनावका बेला पार्टीका समानुपातिक तर्फका उम्मेदवार नुरमान प्रजालाई अन्य पार्टीका उम्मेदवारसँग भेटाएको आरोप छ।न्यौपानेले अरू पार्टीका उम्मेदवारसँग समानुपातिक उम्मेदवार प्रजालाई भेटाएर आफूहरूको भोट नोक्सान गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूको आरोप थियो। पार्टीमा विवाद भएपछि आइतबार रास्वपाको जिल्ला कार्यसमिति बैठक बोलाइएको छ।

४ बजे वस्नेगरी जिल्ला कार्यसमिति बैठक बोलाईएको सचिव रामप्रसाद आचार्य सुमनले जानकारी दिए। मकवानपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट टाकाराज थापा र मकवानपुर २ मा भरत पराजुली प्रतिनिधि सभा सदस्य उम्मेदवार थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस