Nirvik Khabar

बालेनको राजीनामा माग्दै सुकुम्बासी बस्तीका बासिन्दा सडकमा

निर्भीक खबर
निर्भीक खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) को राजीनामा माग्दै सुकुम्बासी बस्तीका बासिन्दा आन्दोलित भएका छन् । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गर्न महानगरपालिकाले सूचना दिएको र उक्त सूचनाको बेवास्ता गर्दैै स्थानीय बसिरहेपछि हिजो महानगरको टोली डोजरसहित गएको थियो ।

तर बस्तीमा पुग्दा सुकुम्बासी बस्तीका स्थानीयले घरेलु हतियारकोसमेत प्रयोग गर्दा १८ सुरक्षाकर्मी घाइते भएका थिए । सुकुम्बासी बस्तीका बासिन्दाले आज मेयर साहको राजीनामा माग्दै काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।त्यस्तै उनीहरु माइतीघरमा अनसन बसेका छन् । उनीहरुले स्थायी बसोबास बिनाको जबरजस्ती उठिबास रोक्न पनि माग गरेका छन् ।

यसअघि पटक पटक अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेको भए पनि उनीहरुले बेवास्ता गर्दै आएका छन् ।उक्त सुकुम्बासी बस्तीमा करिब पाँच दर्जन जिल्लाबाट आएका झण्डै डेढ सय छाप्रा बनाएर बस्दै आइरहेका छन् ।उनीहरुले मेयर बालेनमाथि ज्यानकाे धम्कीसमेत दिएका छन् ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available