Nirvik Khabar

जनमोर्चा पनि प्रत्यक्षबाटै संसदमा, चौथो पटक जिते चित्रबहादुरले

hgdf]rf{ cWoIf s];L afun'ª, @# c;f]h . dªl;/ $ ut] x'g uO/x]sf] k|ltlglw;ef ;b:o lgjf{rgdf ;Qf?9 u7aGwgsf tkm{af6 afun'ª–! df cfOtaf/ pDd]bjf/L btf{sf qmddf d'Vo lgjf{rg clws[tsf] sfof{nodf pkl:yt /fli6«o hgdf]rf{sf cWoIf lrqaxfb'/ s];L . tl:a/ M /fdaxfb'/ yfkf, /f;;

बागलुङ । बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । लोकतान्त्रिक वाम गठबन्धका साझा उम्मेदवार केसी दुई हजार ६ सय २६ मतले नेकपा (एमाले)का सूर्य पाठकलाई पराजित गरेका छन् ।

केसीले ५४ हजार सात सय ११ मतमध्ये २१ हजार चार सय ५१ मत प्राप्त गरेर विजयी भएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिए । एमालेका पाठकले १८ हजार आठ सय २५ र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ हजार एक सय ८१ मत प्राप्त गरेका छन् ।

उमेरले ८० वर्ष पुगेका केसीको राजनीतिक जीवनमा धेरै उतारचढाल रह्यो । विसं २०५६ र २०६४ को चुनावमा प्रत्यक्ष निर्वाचित भएका केसी २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका थिए । केसीको यो चौथो पटकको संसद यात्रा हो ।

विसं २०५१ सालको आम निर्वाचनमा केसी बागलुङ क्षेत्र नं २ बाट प्रतिनिधिसभाको सदस्यको उमेदवार भए पनि उन पराजित भए । त्यसपछि २०५६ सालको संसदीय निर्वाचनमा उन यही क्षेत्रबाट संसद चुनिए ।तत्कालीन समयमा उनले नेपाली कांग्रेसका गोपाल सापकोटालाई पराजित गरेका थिए । विसं २०६४ को संविधानसभा सदस्यमा केसीले नेपाली कांग्रेसका मणिभद्र शर्मा कँडेललाई पराजित गरेर निर्वाचित भएको थियो । केसीले २०७४ सालमा भने चुनाव लडेनन् ।

केसी २०७२ साल कात्तिक १९ मा ७५ वर्षको उमेरमा उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारण मन्त्री बनेका थिए । राजनीतिक भाषण तथा अन्तर्वार्तामा उखान टुक्का मिसाएर बोल्ने उनको शैली मन पराउनेको सङ्ख्या धेरै छ ।केसीले राजनीतिक यात्रामा १९ वर्ष भूमिगत जीवन बिताएका छन् । उनले ९ महिना जेल जीवन बिताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस