Nirvik Khabar

रविले स्वीकारे– नेपाली नागरिकता पुनर्प्राप्तिको कानुनी प्रक्रियामा गइनँ

चुनावको मुखैमा नागरिकतासम्बन्धी विवादमा फसेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनर्प्राप्तिको प्रक्रियामा नगएको पाइएको छ । उनी स्वयंले यो कुरा स्वीकारेका छन् । लामिछानेका अनुसार, २०५० सालमा लिएको नागरिकता नै उम्मेदवारी दर्ताका क्रममा पेस गरेको र अमेरिकी नागरिकता फिर्ता गरेपछि नेपालको नागरिकता पुनः प्राप्त गर्ने कानुनी प्रक्रियामा उनी गएनन् । अमेरिकाको नागरिकता फिर्ता गरेपछि र अध्यागमनसँगको समस्या समाधान भएपछि अरू प्रक्रियामा गइएनँ’, लामिछानेले भनेका छन्, ‘त्यसपछि कतै पनि प्रश्न उठेन ।’

आफूसँग नेपालीसँगै अमेरिकी नागरिकता भएका बेला नेपालमा कानुनी प्रश्न नउठेको उनले बताए । हालै निर्वाचन आयोगमा परेको उजुरीको सन्दर्भसमेत नमिलेको उनकाे जिकिर छ । ‘त्यतिखेर दुईवटा नागरिकताको विषय आइदिएको भए एउटा नागरिकता रोज्नुपर्ने हुन्थ्यो वा कानुनविपरीत हुन्थ्यो । दुई नागरिकता भएको समय गुज्रियो, त्यो सन्दर्भ नै मिल्दैन,’ रविले भनेका छन् ।

पर्यटक भिसामा नेपाल छिरेर काम गरिरहेको विषयमा आलोचना भएपछि ४ वर्षअघि उनले अमेरिकी पासपोर्ट काठमाडौंस्थित अमेरिकी दूतावासमा ‘सरेन्डर’ गरेका थिए । साथै दूतावासमा बुझाएको २ हजार ३ सय ५० अमेरिकी डलर दस्तुर रकमको रसिद र पासपोर्ट सरेन्डर गरेको पत्र पनि सार्वजनिक गरेका थिए । तर, लामिछानेले अमेरिकी नागरिकता त्यागको प्रक्रिया पूरा भयो कि भएन भनेर प्रमाण सार्वजनिक गरेका छैनन्  । अमेरिकी नागरिकता त्याग्न पनि त्यहाँकाे कानुनअनुसार विभिन्न चरणका प्रक्रियाहरू पूरा गरेकाे हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस