चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नक्कली ‘आउट डेटेड’ औषधि भएको आरोप लगाएका छन् ।
नेकपा एमालेको चितवनको चुनावी सभामा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई एउटा काम गरेको देखाउन चुनौती दिए । उनले भने, ‘देउवाजी पाँच पटक प्रधानमन्त्री हुनुभयो, एउटा काम गरेको देखाइदिनूस रु मञ्चमा भाषणा गर्दा एमाले अध्यक्षले के काम गर्नुभयो भनेर सोध्नुभएको थियो, मैले यो गरेँ भनेर भनिदिनूस् । मञ्चमा भन्न गाह्रो भए टेलिभिजनमा भन्दिए पनि हुन्छ ।’
अध्यक्ष ओलीले अहिलेको गठबन्धन चारतिर फर्केका र उनीहरुको फरकफरक घोषणापत्र खानको लागि ल्याइएको बताए । ओलीले भने, ‘जनयुद्धका शहीदहरुलाई थाहा छ, घाइतेहरुलाई थाहा छ, प्रचण्ड को हो भनेर, मैले केही भनिरहनुपर्दैन ।’
अध्यक्ष ओलीले अहिलेको गठबन्धन फुटेको हाँडीको चोइटा भएको र देशको लागि अभिसाप भएको बताए । उनले भने, ‘छुचुन्द्रोले आफू भन्दा ६ गुना बढी खानुपर्छ, अहिलेको गठबन्धन त्यस्तै हो, यिनीहरु आफ्नो चिउँडोमात्र चलाउँछन् ।’ प्रचण्डप्रति संकेत गर्दै उनले भने, ‘ चितवनले जानेको छ, कसलाई भगाउनुपर्छ, कसलाई जिताउनुपर्छ, मैले केही भनिरहनुपर्दैन ।’
ओलीले रवि लामिछानेप्रति संकेत गर्दै भने, ‘दमाहा, ढ्यांगो केही पनि बजाएको छैन, जाबो एउटा घण्टी पनि बजाउन नपाउने रु बजाउँछन् मंसिर चारसम्म बजाउन दिऔँ ।’
Discussion about this post