Nirvik Khabar

नवलपुरको बुलिङटारमा बस दुर्घटना ५ जनाको मृत्यु , २५ घाइते

काठमाण्डाै – नवलपुरमा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन्। गोरखाको मनकामना मन्दिर दर्शन गर्ने यात्रु बोकेर पाल्पाको हुँगीबाट छुटेको ना ६ ख ७५८० नम्बरको बस कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको बुलिङटार गाउँपालिकामा दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले उज्यालोलाई जानकारी दिनुभयो ।

unn.prixa.net

बसमा रहेका २९ जनामध्ये पाँच जनाको घटनास्थलमै ज्यान गएको र घाइते २४ जनालाई उपचारका लागि चितवन पठाइएको पनि उहाँले जानकारी दिनुभयो । बिहान ४ बजे दुघर्टना भएकाले उद्धारमा केही ढिलाइ भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस