Nirvik Khabar

तिहारका लागि पाला बनाउन भ्याइनभ्याइ (तस्बिरहरु)

Advertisements
Single Page Long - 2

काठमाडौँ – नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आउन अब केही दिन मात्रै बाँकी छ। तिहार नजिकिएसँगै बजारमा यतिबेला माटोका पालाको माग पनि बढेको छ।

बजारमा माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिबेला पाला तयार पार्न भ्याइनभ्याइ छ। यतिबेला पाला बनाउने, सुकाउने, पोलेर पूरा तयार गरी बजार पठाउन उनीहरु व्यस्त छन्।

तिहारमा पालाको माग उच्च हुने भएकाले यो समय कुमालेले अन्य भाँडा बनाउने कामलाई थाँती राखेका छन्। तिहारमा धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व भएकाले लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा पालामा दियो बाल्ने परम्परा रहेको छ।

तिहारमा लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा पालाको दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरः 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस