घटस्थापनाको दिनदेखि यस वर्षको दशैं सुरु भएको छ । नवदुर्गा भवानीको विशेष पूजाआजा र उपासना गरेर हिन्दु धर्मावलम्बीहरुले दशैंलाई घर घरमा भित्र्याएका छन् । घटस्थापनाको दिन जमरा राखेदेखि दशैंको उमंग सुरु भइसकेको छ । नौ दिनसम्म नवदुर्गाको पूजा, उपासना गरेर दशौं दिन मान्यजनको हातबाट टीका लगाएपछि दशैं औपचारिक रुपमा समाप्त हुनेछ ।
हिन्दु धर्मावलम्बीहरुको सबैभन्दा ठूलो चाड भएकाले पनि यो धर्म मान्नेहरुको बाहुल्यता रहेको नेपालमा यसलाई विशेष रुपमा मनाउने गरिन्छ । बजारमा दशैंको लागि आवश्यक सामाग्री किनमेल गर्नेहरुको भिड देखिन थालेको छ । कमाइ गर्न देश, विदेश गएका कतिपय युवायुवतीहरु दशैं पर्वको लागि भनेर घर फर्किन थालिसकेका छन् । जो दशैंमा घर फ़र्कन पाउंदैनन उनीहरु परिवार सम्झेर टेलिफोन अथवा विभिन्न सञ्चारमाध्यम मार्फत परिवारस“ग सम्पर्क गरी दुखसुख बाड्ने गर्दछन् । विदेशमा भएका तर विभिन्न कारणवश स्वदेश फर्किन नपाएका नेपालीहरुले पनि जे जसरी संभव हुन्छ त्यसरीनै विदेशमै दशैं मनाइरहेका हुन्छन । धार्मिक हिसावले दशैं हिन्दु धर्मावलम्बीहरुको प्रमुख चाड हो । तर, नेपालमा अहिले दशैं सबैको साझा पर्व र एउटा नेपाली संस्कृतिको रुपमा विकास भैरहेको छ ।
यो चाड धार्मिक हिसाबले मात्र होइन सामाजिक, राजनीतिक र न्यायिक हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । यस चाडमा कामको खोजीमा, अध्ययनका लागि र अन्य विशेष कार्यक्रमका लागि विदेश गएका नेपाली पनि घर फर्किने गरेका छन् । र, कतिपय फर्किदै छन् ।
दशैं आएसँगै सुनसान रहेका दुर्गम गाउँहरुमा पनि चहलपहल बढेको छ । विदेश गएका धेरैजसो युवाहरु नफर्किए पनि केही मात्रामा दशै मनाउन घर आएका छन् ।
साच्चै यतिबेला दशैंको रौनक छाउन थालेको छ । वर्ष दिनपछि आफन्तसँग भेटघाट गर्ने र आफूभन्दा ठूला मान्यजनबाट आर्शीवचन लिने यस चाडका लागि गरिब वर्गले पनि विभिन्न परिकार बनाएर खानका लागि सामग्री जोहो गरेका हुन्छन् । यो चाडमा सामूहिक रूपमा खाने र रमाइलो गर्ने चलन छ ।
बिगतमा देशमा कोरोना संक्रमणको लहरले हाम्रा पर्बहरु त्यति धेरै उल्लासमय रहेनन् । बिदेशमा भएका दाजुभाई तथा आफन्त पनि नेपाल फर्कन पाएनन् । गाँउघरमा पनि छरछिमेक भेला हुन रमाईलो गर्न पाएनौँ । यसपाली त दशैँको नयाँ रौनक छाएको छ, तर डेङ्गुको महामारी सुरुहुन लागेको अबस्थमा खानपानमा बिषेश साबधानी अपनाउन जरुरी छ ।
नेपाल पर्बहरुको धनी छ , सम्पदाहरुको धनी छ, तर यहाँका कतिपय नागरिकको अबस्था दयनिय रहेको छ । यस अबस्थामा हामी यस्ता पर्बहरु मनाउदा आफ्नो स्तर हेरेर मात्र मनाउन जरुरी छ । अरुको देखावटमा लागेर पर्ब मनाउदा आफ्नो धरातल हेर्नुहपर्नेछ । कति नेपालीहरु यसलाई भुलेर रमाईलो र फजुल खर्च गरेको देखिन्छ ।
२०७९ सालको विजया दशमीले देशमा सुख, शान्ति र समृद्धि भित्राओस् । सबै नेपालीको सुस्वास्थ्य, समुन्नति र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।
Discussion about this post