Nirvik Khabar

साफ महिला च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै

received_2129529764081875

काठमाण्डाै – साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् ।खेल काठमाण्डौमा रहेको दशरथ रङ्गशालामा आज बेलुका ५ बजे सुरु हुनेछ । साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलो पटक नयाँ विजेता बन्दैछ । यसअघिका साफमा च्याम्पियन रहेको भारत छैटाैँ संस्करणमा सेमिफाइनलबाटै बाहिरिएपछि नयाँ इतिहास बन्न लागेको हो ।

साफमा नेपालले पाँचौँ पटक फाइनल खेल्दैछ भने बङ्गलादेशको यो दोस्रो पटक हो । नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले छैटाैँ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताएका छन् ।

आजको फाइनल खेलमा नेपाललाई घरेलु मैदान र समर्थकको साथ रहने र यसले पनि जितका लागि मनोबल उच्च पार्ने प्रशिक्षक थापाको भनाइ छ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस