Nirvik Khabar

लगातारको वर्षा र पहिरोमा परी अछाममा नौ जनाको मृत्यु, सात बेपत्ता, थुप्रै घाइते

अछाम । अछामको विभिन्न भागमा पहिरो जाँदा नौ जनाको मृत्यु र सात जना बेपत्ता भएका छन् । लगातारको वर्षा र पहिरोमा परी यहाँ जनधनको क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गए रातिदेखिको वर्षासँगै पहिरो जाँदा तुर्माखाँद गाउँपालिकामा दुई घर पुरिएर नौ जना बेपत्ता भएकामा दुई जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । बर्सातका कारण उक्त क्षेत्रको सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।

त्यसैगरी यहाँको कमलबजार नगरपालिकामा पहिरो गएर घर पुरिँदा सात जनाको मृत्यु भएको छ । वडानं स्थित ठाँटीखाँदका सातै जना घरको माथिबाट खसेको पहिरोमा पुरिएकामा सबैको शव फेला पारिएको छ । पहिरोमा परी अन्य आठ जना घाइते भएका भएकामा चार जनाको अवस्था जटिल छ ।

त्यसैगरी पहिरोकै कारण ढकारी गाउँपालिकामा एक घर पुरिँदा तीन जना घाइते भएका छन् । अछामका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएपछि स्थानीय प्रशासन, प्रहरी टोली बिहानैदेखि उद्धारमा खटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाङीले यहाँका अन्य ठाउँमा पनि पहिरोले घर पुरिएर क्षति भएको खबर आएकाले प्रहरीको टोली परिचालन गरिएको जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस