Nirvik Khabar

पाकिस्तानलाई हराउँदै श्रीलंकाले जित्यो एसिया कपको उपाधि

भदौ २७ , काठमाडौँ

श्रीलंकाले एसिया कपको उपाधि जितेको छ। आइतबार राति भएको फाइनल खेलमा पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंकाले उपाधिमा कब्जा जमाएको हो।आइतबार दुबईस्थित क्रिकेट रंगशालामा भएको खेलमा पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७० रन बनाएको थियो।

श्रीलंकाका लागि भानुका राजपाक्षले अविजित ७१ रनको पाली खेलेका थिए। पाकिस्तानका ह्यारिस रउफले ३ विकेट लिए।जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले २० ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो।पाकिस्तानका लागि मोहम्मद रिजवानले ५५ रनको अर्धशतकीय पाली खेले पनि त्यो जितको लागि पर्याप्त हुन सकेन।श्रीलंकाका लागि प्रमोद मदुसन लियानागामागेले ४ तथा वानिन्दु हसरंगा डि सिल्भाले ३ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस