Nirvik Khabar

एमालेसँग तालमेलको सम्भावना नरहेको प्रचण्डको भनाइ, चितवन ३ बाटै चुनाव लड्ने

g]skf -dfcf]jfbL s]Gb|_ sf cWoIf k|r08 – kqsf/;Fu ;'v]{t, !& ebf} . ;'v]{t ljdfg:yndf kqsf/;Fu z'qmaf/ s'/fsfgL ub}{ g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn …k|r08Ú . pxfF kf6L{sf] k|b]z lsld6L a}7s tyf k|lzIf0f sfo{qmdnfO{ ;Daf]wg ug{ ;'v]{t cfpg'ePsf] xf] . ;fydf cy{dGqL hgfb{g zdf{, kf6L{ g]tf gf/fo0fsfhL >]i7 x'g'x'GYof] . tl:a/ M ;'/]z cfrfo{, /f;;

कर्णाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताएका छन् ।

माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेत वीरेन्द्रनगरस्थित सिटीहलमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका लागि आज सुर्खेत आइपुगेका अध्यक्ष प्रचण्डले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटमा गठबन्धनमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँटको सहमति नजिक पुगिएको बताए ।
गठबन्धन दलभित्र कुनै असहमति नभएको उल्लेख गर्दै उनले भने, “यसपटक प्रतिनिधि सभा र प्रदेश सभामा सन्तुलित तालमेल गरिन्छ । तर नेकपा एमालेसँग तालमेलको कुनै सम्भावना छैन । सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा होमिन्छौँ ।” कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने गरी तयारी भइरहेको उनले बताए ।

पत्रकार भेटघाटका क्रममा अध्यक्ष प्रचण्डले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा चितवन–३ बाटै चुनाव लड्ने बताए । नेकपा एकीकृत समाजवादीसँग एकताका लागि प्रयास भइरहेको उनको भनाइ थियो । निर्वाचनमा एउटै घोषणापत्र ल्याउन पहल भएको तर चुनाव चिह्न भने आ–आफ्नै हुने अध्यक्ष प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस