Nirvik Khabar

एसिया कप : क्रिकेट अफगानिस्तानले श्रीलंकालाई हरायो

निर्भीक खबर
निर्भीक खबर

एसिया कप क्रिकेटमा अफगानिस्तानको विजय सुरुवात गरेको छ।दुबईमा शनिवार भएको उद्घाटन खेलमा पाँच पटकको च्याम्पियन श्रीलंकालाई ८ विकेटले हराउँदै अफगानिस्तानले सुखद सुरुवात गरेको हो।

श्रीलंकाले दिएको १०६ रनको लक्ष्य अफगानिस्तानले १० ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो।अफगानिस्तानका रहमान उल्लाह गुर्बाजले ४० रन बनाए। यस्तै हजरात उल्लाह जाजईले अविजित रहँदै ३७ रन जोड्दा इब्राहिम जार्डनले १५ रन बनाए।

श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभर ४ बलमा अलआउट हुँदै १०५ रन बनाएको थियो।जितसँगै समूह बी को अफगानिस्तानले पहिलो खेलमै दुई अंक जोडेको छ। प्रतियोगितामा आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available