काठमाडौँ – नेपाली सेना र अमेरिकी सेनाबीचको एक महिने संयुक्त तालिम आज सुरु हुँदैछ ।३९औँ संस्करणको एक्स–ब्यालेन्स नेल नामक तालिम आगामी भदौ ३१ गतेसम्म हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
रक्षा मन्त्रालयको स्वीकृतिमा २०६० सालदेखि नै नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य अभ्यास सञ्चालन हुन थालेको थियो ।नेपाली सेनाका ८० तथा अमेरिकी सेनाका १६ जना सम्मिलित उक्त संयुक्त अभ्यासका क्रममा द्वन्द्वका समयमा कानुन कार्यान्वयन तथा सैनिकको निर्णय प्रक्रिया लगायतका विषयमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा सञ्चालन हुनेछ ।
तालिमका लागि क्याप्टेन ब्लाक डुक्याटेलको नेतृत्वमा आवश्यक सैन्य सामग्रीसहित अमेरिकी सेनाको टुकडी सोमबार नेपाल आइपुगेको थियो ।































Discussion about this post