Nirvik Khabar

कांग्रेस चुनावमा होमियो , जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेस आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा होमिएको छ । निर्वाचनमा कांग्रेसको सशक्त भूमिका प्रस्तुत गर्नका लागि आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई कांग्रेसले दुई दिने अभिमुखीकरण तथा प्रशिक्षण दिइरहेको हो ।

आइतबारदेखि शुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । ललितपुरको होटल हेरिटेज गार्डेनमा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा दुई दिने अभिमुखीकरण कार्यक्रम भइरहेको हो ।

उक्त अभिमुखीकरण कार्यक्रममा कांग्रेसका तर्फबाट स्थानीय तहमा विजयाी मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र समन्वय समितिका प्रमुख–उपप्रमुखको सहभागीता रहेको छ । कांग्रेसबाट ३२९ जना प्रमुख–अध्यक्ष र ३०१ जना उपप्रमुख–उपाध्यक्ष निर्वाचित भएका थिए ।

आगामी निर्वाचनको तयारीको रूपमा पनि कांग्रेसले यो प्रशिक्षण दिएको हो । आगामी मंसिर ४ गतेको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन रणनीतिमा केन्द्रित हुने बताइएको छ ।

अभिमुखीकरणमा सभापति देउवासहितका पदाधिकारीले प्रशिक्षण दिनेछन् । साथै जनप्रतिनिधिहरुका गुनासा सुनेर समस्याको समाधान गर्ने प्रयास हुनेसमेत बताइएको छ ।

जनप्रतिनिधिहरुलाई विभिन्न विज्ञहरुले ज्ञान दिइरहेका छन् । विशेष गरी उनीहरुले ‘करको दर के हो ? सुशासन के हो ? आर्थिक सुशासन भनेको के हो ?’ भनेर जानकारी दिँदै यो स्थानीयको देखिने काम भएकाले कांग्रेसको ईमेज बनाउनका लागि आग्रह गरेका छन् ।

विभिन्न विज्ञहरुले कानूनी कुरासमेत बुझाएर पठाउने बताइएको छ । कुन कुरालाई प्राथमिकता दिनेसमेत बताइएको छ ।

पहिलो दिन चार वटा महत्वपूर्ण विषयमा विज्ञहरुले जानकारी दिएका छन् । जगदीश भट्टराईले राजस्वको अधिकार र वित्तीय व्यवस्थापन, सन्तोषमणि नेपालले प्राकृतिक स्रोत व्यवस्थापन र अन्तरसम्बन्ध, डा. विश्वनाथ पौडेलले स्थानीय तहको योजना तर्जुमा र संविधानविद् काशीराज दाहालले संविधान र स्थानीय सरकार संचालन र व्यवस्थापन विषयमा जानकारी दिएका हुन् ।

मंगलबार अन्तिम दिन महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाशशरण महत र प्रताप पौडेल लगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस