Nirvik Khabar

कर्मचारीको अभावमा सेवाग्राहीलाई सास्ती

जिल्ला प्रशासन कार्यालय तनहुँमा पर्याप्त कर्मचारी नहुँदा दैनिक सेवा लिन आउने सेवाग्राहीले सास्ती भोग्नुपरेको छ ।कर्मचारी थोरै भएकाले काम ढिलो हुँदा दैनिक कार्यालयको परिसरमा सेवाग्राहीको भीड लाग्ने गरेको छ ।जिल्लाको शुक्लागण्डकी नगरपालिका–११ का रामु गुरुङले राहदानी फाराम भर्न झण्डै ३ घण्टा लाइनमा बस्नुपरेको दुखेसो पोखे । पछिल्लो समयमा कार्यालयमा राहदानीको लागि आउने सेवाग्राहीको संख्या बढी रहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

दैनिक सय जना क्षमताको लागि राहदानी फाराम खुले पनि अहिले २०० बढी सेवाग्राही आउन थालेपछि कर्मचारीलाई काम गर्न कठिन भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए । बढी भीड हुने भएकोले टाढाबाट आएका सेवाग्राहीलाई बास बस्न नपरोस् भनेर कार्यालय समयपछि पनि सेवा दिन थालिएको उनले जानकारी दिए ।

एकै स्थानबाट सेवाग्राहीलाई सेवा दिन गाह्रो भएपछि जिल्लाको पूर्व र पश्चिम २ स्थानमा ईलाका प्रशासन कार्यालय थप गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए । मन्त्रालयबाट चालू आर्थिक वर्षभित्र एउटा ईलाका प्रशासन कार्यालय थप गर्ने गरी प्रक्रिया अघि बढाइसकेको छ ।

उनले भने, ‘पश्चिम क्षेत्रमा यसै आवदेखि सेवा दिने गरी ईलाका प्रशासन कार्यालय स्थापना गर्न मन्त्रालयले तदारुकता देखाएको छ ।’दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवाग्राहीलाई सहजरूपमा सेवा प्रवाह गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कर्मचारी नहुँदा झेल्नुपरेको समस्याका विषयमा गृह मन्त्रालय र विभागमा जानकारी गराइएपछि चालू आर्थिक वर्षमा एउटा ईलाका कार्यालय थप गर्ने कार्य अघि बढेको गैरेले जानकारी दिए । पहिलेको जनसंख्याअनुसार दरबन्दी कायम भए पनि अहिले जनसंख्या बढेर दोब्बर हुँदा पुरानै दरबन्दीका कर्मचारीले सेवा दिन कठिनाई भएको उनले स्वीकार गरे ।

अहिले प्रायः काम कम्प्युटरमार्फत हुने भए पनि अपरेटरको दरबन्दी रिक्त भएपछि करारमा कर्मचारी नियुक्त गरी कामकाज गर्नुपरेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राहदानी बनाउन, संघसंस्था दर्ता, नवीकरण, पेन्सन सम्बन्धी, दलित जनजाति प्रमाणित, नागरिकताको प्रतिलिपि लगायत कामका लागि दैनिक ३०० भन्दा धेरै सेवाग्राही आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस