मेल्बर्न। नेपाली नारीहरूको चाड हरितालिका तीजको अवसर पारेर अस्ट्रेलियाको मेल्बर्नमा तीज महामेला २०२२ हुने भएको छ। नेपाली हरूको उल्लेख्य बसोवास रहेको अस्ट्रेलियाको ब्यस्त शहर मेल्बर्नमा २६ अगस्ट अर्थात भदौ १० गते मेला हुने भएको हो ।
नेपाली सस्कृतिको जगेर्ना गर्न र नेपाली नारीहरूलाई तीजको बेला देशमै भएको महसुस गराउन मेला आयोजना गरिएको एम.एम इन्टरटेनमेन्ट का सञ्चालक माधब न्यौपानेले बताए । न्यौपानेका अनुसार नेपालबाट चर्चित कलाकारहरू प्रकाश सपुत , रमेशराज भट्टराई , प्रिति आले , अराज केशब र एलिना चौहान लगाय स्थानीय कलाकारले प्रस्तुति दिने छन् । संगै कार्यक्रममा लक्की दर्शकले उपहार समेत प्राप्त गर्ने छन् भने अन्य मनाेरञ्जनात्मक खेलहरू समेत खेलाइनेछ ।
मेलामा सहभागी हुन अनलाइन टिकट राखिएको छ । एक जनाले १५ डलरको टिकट लिनु पर्न छ भने बिद्यार्थीहरूलाइ निशुल्क हर्ने ब्यबस्था रहेको छ । कार्यक्रम मेल्वर्नको एस्टोनिओन् हाउस ब्रन्सविक मा अगष्ट २६ मा साझ ५:३० बजेबाट सुरू हुने आयोजकले जनाएको छ । कार्यक्रमको मुख्य प्रायोजक कंडेल कन्सलटेन्सि रहेको छ । एम.एम इन्टरटेन्मेण्ट र इनाक्क्षी इन्टरटेन्मेण्टको संयुक्त अयाेजनामा कार्यक्रम हुने भएकाे हाे ।
Discussion about this post