चितवन – पुर्वि चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ सिमलघारी मा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । ज्यामिरे स्थित आफ्नै घरको कोठाभित्र घाटीमा पासो लगाएको अवस्था महिलाको शव फेला परेको हो ।दराजको समाउने मुठीमा सल बाँधेर घाटीमा पासो लगाएको अवस्था ४२ वर्षिय लक्ष्मी मिजारको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए । आत्महत्या गरेको हो वा हत्या भएको हो भनेर यकिन गरि नसकेको अधिकारीले बताए ।पोष्टमार्टम रिपोर्ट पश्चात मात्रै घटनाको विषयमा प्रष्ट हुने उनले बताए । शवलाई पोष्टमार्टमको लागि भरतपुर लगिएको छ ।
यता स्थानीय तथा आफन्तले भने लक्ष्मीको हत्या भएको दावी गरेका छन् । दराजको मुठ्ठी र भुइँ झुन्डिन नमिल्ने दुरिमा रहेकोले आत्महत्या हुनै नसक्ने उनिहरुको दाबी छ । घटनाको प्रकृति हेर्दा आत्महत्या नभइ पतिले नै हत्या गरेको हुन सक्ने स्थानीय तथा आफन्तको आरोप छ । प्रहरीले मृतकको श्रीमानलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
Discussion about this post