एजेन्सी –नयाँ सिजनको जर्मन बुन्डेसलिगामा साविकको विजेता बायर्न म्युनिखले सानदार सुरुवात गरेको छ । बायर्नले घरेलु टोली आइनट्राख्ट फ्रान्कफुर्टमाथि ६–१ को सानदार जितसहित सुखद् सुरुवात गरेको हो ।
डोइटसा बैंक पार्कमा शनिबार राति भएको खेलमा बायर्नको सानदार जितमा जमल मुसिएलाले दुई तथा योसुवा किम्मिख, बेन्जामिन पाभार्ड, साडियो माने र सर्ज जिनाब्रीले समान एक गोल गरे ।
घरेलु टोलीका रान्डल कोलो मुआनीले एक गोल फर्काए । बायर्नले पहिलो हाफमै ५–० को फराकिलो अग्रता लिँदा दोस्रो हाफमा एक गोल थप्दा अर्काे गोल बेहोरेको थियो ।खेलको पाँचौ मिनेटमा किम्मिखले फ्रिकिकमा सिधै गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए । ११औं मिनेटमा पाभार्डले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

२९औं मिनेटमा साडियो मानेले सर्ज जिनाब्रीको पासमा हेडमार्फत गोल गर्दै बायर्नलाई ३–० ले अघि बढाए । यसै सिजन इंग्लिस क्लब लिभरपुलबाट म्युनिख आएका मानेले बुन्डेसलिगाको पहिलो खेलमा डेब्यु गोल गर्न सफल भएका हुन् ।
३५औं मिनेटमा जमल मुसएलाले थोमस मुलरको पासमा गोल गरेपछि बायर्न ४–० ले अघि बढ्यो । ४३औं मिनेटमा मुलरकै पासमा जिनाब्रीले गोल गरेपछि बायर्नले पहिलो हाफमा ५–० को आरामदायी अग्रता लिन सफल भयो ।
६४औं मिनेटमा रान्डल कोलोले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए । ८३औं मिनेटमा मुसिएलाले लिरोए सानेको पासमा व्यक्तिगता दोस्रो र टोलीका लागि छैटौं गोल गर्दै बायर्नको सानदार जित पक्का गराए ।































Discussion about this post