Skip to main content

Nirvik Khabar

धान कुट्ने मुस्ली प्रहार गरी बाबुको हत्या

Advertisements
Single Page Long - 2

 काठमाडौँ- आफ्नै बाबुलाई फलामको मुस्ली प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा तेह्रथुमकाे म्याङलुङका २४ वर्षीय टंक बहादुर भण्डारी रहेका छन्।उनले हिजो बिहान बाबु ५३ वर्षीय भक्त बहादुर भण्डारीलाई घरायसी विवाद हुँदा धान कुट्ने फलामको मुस्लीले टाउकोमा प्रहार गरि शक्त घाइते बनाई भागी फरार भएका थिए।

घाइते भक्त बहादुरको छथर अस्पताल शुक्रवारेमा उपचारको क्रममा हिजै मृत्यु भएको थियो।वारदात पश्चात फरार रहेका टंकलाई प्रहरीले तेह्रथुम म्याङलुङ नगरपालिका पिङ्गुवा खोलाको पुल आसपासको एरियामा फेला पारी पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता, २०७४ अनुसार ज्यान सम्बन्धी कसुरमा तेह्रथुम जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस