Nirvik Khabar

मिस सुनार २०२२ को अडिसन साउनको अन्तिम साता

निर्भीक खबर
निर्भीक खबर

पोखरा– बिश्वकर्मा समुदाएको कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बिश्वकर्मा समुदायका युवतीहरुलाई लक्षित गरी मिस सुनार २०२२ को आयोजना गरिने भएको छ । उक्त प्रतियोगितालाई लक्षित गरी आगामी साउन २१ गते अडिसन हुने भएको हो ।

प्रतिक इभेन्टले आयोजन ागर्ने उक्त प्रतियोगितामा नेपाल भरका बिश्कर्मा समुदायका १६ देखी २५ वर्षका युवतीहरुले अडिसनमा सहभागीता जनाउन सक्ने कार्यक्रम संयोजक प्रतिक सुनारले जानकारी दिए ।

प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीहरुलाई बिभिन्न चरणका कार्यक्रमहरु गर्दै असोजमा कार्यक्रमको फाईनल हुने छ । कार्यक्रममा भाग लिने प्रतियोगिहरु मध्ये टाइटल उपाधी हात पार्नेले हुनेले एक थान स्कूटर फ्रष्ट रनरअपले नगद ५० हजार र सेकेण्ड रनरअपले जनहि नगद रु २५ हजारसंगै म्यूजिक भिडियो संगै बिदेश भ्रमणको अवसर प्राप्त गर्नेछन । कार्यक्रम १ महिने प्रशिक्षण हुने छ जसमा प्रतियोगिहरुले आत्मरक्षा संबन्धि प्रशिक्षण, फेसन, व्यावसायिक शिक्षा, व्यत्तित्व बिकास कला लगायतका प्रशिक्षण दिईनेछ ।

No description available.

कार्यक्रम प्रतियोगिता अरु भन्दा फरक रहने छ जसमा प्रतियोगिहरुले दैनिक ख्यात्ति प्राप्त कलाकार र प्रशिक्षकहरुबाट प्रशिक्षण गराईने छ । लोप हुदै गहिरहेको बिश्वकर्मा समुदाएको कला संस्कृतिको जगेर्ना गर्दै यस समुदाएका युवतिहरुलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो ।

0
VIEWS
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available