चितवन, साउन १७-
पहिरो का कारण गए राति ११ बजेदेखि बन्द भएको मुग्लिन–नारायणगढ सडक खण्ड अझै खुलेको छैन । पहिरो पन्छाउने काम भइरहे पनि आज बेलुकीअघि सडक खुलाउन सकिने सम्भावना कम रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता नरहरि अधिकारीले बताए ।
गए रातिदेखि नै सडक बन्द भएकाले यो सडक खण्डमा गाडीको लामो लाइन छ । रातिदेखि नै रोकिएका यात्रुहरू भोक, तिर्खा र गर्मी सहेर बस्न बाध्य छन् । यस्तै नौबिसे–मुग्लिन सडक खण्डमा पनि ठाउँ–ठाउँमा पहिरो गएको छ । पहिरोका कारण सडक बन्द भएकाले यो सडक हुँदै चल्ने गाडीलाई बिहानैदेखि नाका–नाकामा रोकिएको छ । यही समस्यालाई ध्यानमा राखेर बागमती प्रदेश ट्राफिक प्रहरी र जिल्ला ट्राफिक कार्यालय चितवनले यात्रुको उद्दार गरेको छ ।
ट्राफिक प्रहरी आफैँले नाराणगढबाट म्याजिक बोलाएर अलपत्र यात्रुहरुलाई गन्तव्यमा पठाएको हो । प्रहरीले केही ठूला बस समेत ल्याएर यात्रुहरुलाई नारायणगढ बजारसम्म पु¥याएको छ । पानीले नित्रुक्क भिजेका यात्रुहरुले धेरै राहत महसुस गरेको यात्रुहरुले बताएका छन् । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश श्रीमलले नारायणी अनलाइनलाई भने, ‘पहिरो हटाउन धेरै समय लाग्ने देखिन्छ, त्यसले गर्दा अलपत्र यात्रुहरुलाई गन्तव्य पठाउन हामी आफै गाडी खोजेर लागि परेका हौं ।’ ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार घाम लागेमा भोलिसम्म सडक खुल्न सक्ने र मौसम फेरि बिग्रिएमा भोलि पनि सडक खुलाउन समस्या हुने देखिन्छ ।
यस्तै ट्राफिक प्रहरीले पहिरो छिचोल्ने क्रममा समस्या भोगिरहेका बालबालिका र महिलाहरुलाई उद्दारमा समेत खटिएको छ । ट्राफिक प्रहरी पवन गिरीलगायतको टोली बिहानैदेखि यात्रुहरुको उद्दार र सवारी साधनको व्यवस्थापनमा खटिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्म अधिकारीले दिउँसोसम्ममा एक हजार बढी अलपत्र यात्रुलाई सवारी साधन खोजेर गन्तव्यमा पु¥याइएको जानकारी दिए । ‘जामले समस्या देखिएपछि यात्रुहरु पहिरो छिचोलेर हिड्न थालेका छन्, उनीहरुलाई बजारसम्म पुग्नका लागि हामीले सहयोग गरिरहेका छौं’–प्रमुख अधिकारीले भने । प्रहरीले सवारी चालकहरुलाई न्यूनतम भाडा मात्रा लिन आग्रह गरेको थियो ।
पहिरोका कारण अहिले हजारौं सवारी साधन नारायणढ–मुग्लिन सडक खण्डमा रोकिएका छन् । निरन्तर ठूला पहिरो खस्न थालेकोले आज यस सडक खण्ड खुल्ने संभावना न्यून बनेको छ । त्यसैगरी काठमाडौँदेखि छुट्ने गाडी नागढुङ्गा, थानकोट, कलंकीलगायत ठाउँमा रोकेर राखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पहिरो नहटेसम्म यो सडकखण्डको यात्रामा ननिस्कन पनि महाशाखाले आग्रह गरेको छ । naryanionline
Discussion about this post