Nirvik Khabar

महँगीविरुद्ध काठमाडौंमा आज ‘विशाल’ जनप्रदर्शन गर्दै एमाले

काठमाडौं । नेकपा (एमाले) का नेता–कार्यकर्ताहरूले आज महँगीविरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै छन् । महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागिएको हो । ‘विशाल जनप्रदर्शन’ गर्न लागिएको पार्टीले जनाएको छ ।

दिउँसो २ बजे काठमाडौंको वसन्तपुरमा प्रदर्शन गरिने तय छ । विभिन्न स्थानबाट जुलुस निकाली वसन्तपुर पुग्नेछ । जुलुसमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरूलगायत सहभागी हुने एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस