Nirvik Khabar

रणवीर र श्रद्धाको फिल्मको सेटमा आगलागी, एक जनाको मृत्यु

Advertisements
Single Page Long - 2

लव रञ्जनको शीर्षकविहीन फिल्मको मुम्बईस्थित सेटमा शुक्रबार आगलागी भएको थियो । यसमा एक जनाको मृत्यु भएको छ । श्रद्धा कपुर र रणवीर कपुर स्टारर फिल्मको गीतको छायाङ्कन अंधेरी वेस्टको चित्रकूट स्टुडियोमा हुने थियो । लव रञ्जनको सेटसँगै राजश्री प्रोडक्सनको सेटमा पनि आगलागी भएको छ ।

आगलागीमा परी मनिष देवासी घाइते भएको अधिकारीहरूले पीटीआईलाई बताए । मनिषलाई तत्काल सिभिक रन कुपर अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो। मनिष ३३ वर्षका थिए । भारतीय सिने कर्मचारी महासंघका महासचिव अशोक दुबेले लभ रञ्जनको सेटमा बत्तीको काम गरिहेका एक व्यक्ति गम्भीर घाइते भएको बताए ।

केही काठका सामानहरू राखिएका थिए, जहाँबाट आगो सुरु भएको थियो। यद्यपि आगलागीको कारण भने खुल्न सकेको छैन । अशोक दुबेले भने, “फिल्मको सेटमा आगलागीका घटना धेरै भएका छन्। महानगरपालिकाले कुन आधारमा सेट निर्माण गर्न अनुमति दियो भन्ने कुरा बुझ्दैछौँ। सेट बनाउँदा फायर सेफ्टी नियम पालना गर्नुपर्छ।” उनीहरूले शनिबारबाट सुटिङ सुरु गर्ने तयारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस