Nirvik Khabar

नारायणगढ आउँदै गरेको बस कावासोतीमा पल्टियो,११ जना घाइते

निर्भीक खबर
निर्भीक खबर

चितवन-नवलपुरको कावासोतीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । डण्डाबाट नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ५५६३ नम्बरको बस दुर्घटनामा परेको हो ।
गुडिरहेको बस अनियन्त्रित भई सडकको बायाँतर्फ पल्टिएको नवलपुर प्रहरीले जनाएको छ । दुर्घटनामा परेर चितवनका ४१ बर्षीय मन्दिरा ढुङगाना,२२ बर्षिय ज्योती ढुङगाना,नवलपुर देवचुली ३ क ३१ बर्षीय झरना पराजुली,४ बर्षीय बालक संयोग भट्टराई,चितवन भरतपुर २० की सविता कुमाल घाइते भएकी छन् ।

यस्तै गैडाकोट १ की अस्मिता रानाभाट,३ बर्षीय बालिका काव्या भण्डारी,कावासोती १६ का ४० बर्षीय मिरा केसी,११ बर्षिय नविना केसी,कावासोती ८ का ८२ बर्षीया नारायणदत्त पौडेल र देवचुली १७ का ८० बर्षीया महिला प्रेमकुमारी पाण्डे घाइते भएकी छन् । घाइतेहरुको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ ।
बसका चालक फरार रहेको नवलपुर प्रहरीले जनाएको छ ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available