Nirvik Khabar

शिक्षामन्त्री र काठमाडौंका मेयरबीच भेटवार्ता, मेयरले मागे ५० करोड

निर्भीक खबर
निर्भीक खबर

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।मंगलबार मन्त्रालयमा भएको भेटमा मेयर शाहले महानगरपालिकाभित्र भएका ९० वटा विद्यालयमा बिहान ६ बजेदेखि १० बजेसम्म अनुगमन गर्ने काम भइरहेको जानकारी दिँदै डिजिटल बोर्डको आवश्यकता रहेको बताउनुभयो ।

मेयर शाहले शिक्षामन्त्री पौडलेसमक्ष बोर्डका लागि ५० करोड रुपैयाँको बजेट व्यवस्था गरिदिन आग्रह गर्नुभयो ।‘हामी नियमित विद्यालयमा अनुगमन गरिरहेका छौं,’ बालेन्द्र शाहले भन्नुभयो, ‘सबै विद्यालयमा स्मार्ट बोर्ड लकर सिस्टमा व्यवस्थाका लागि मन्त्रालयले ५० करोड रकमको व्यवस्था गर्नुपर्‍यो ।’

बालेन्द्र शाहले विद्यार्थीले बोक्ने किताबहरू धेरै र गाह्रो भएको भन्दै किताब राख्नका लागि लकर सिस्टमको व्यवस्था गर्नुपर्ने पनि बताउनुभयो ।भेटमा मन्त्री पौडेलले शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’मा लाग्न आग्रह गर्नुभयो । काठमाडौं महानगरभित्र शिक्षक दरबन्दी पूरा भएको बताउँदै शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री पौडेलले काठमाडौं महानगरभित्रको दरबार हाइस्कुलसहितका विद्यालयलाई नमुना विद्यालय बनाउने तयारी भएको बताउँदै विद्यालयको प्रअ राख्दा महानगरले ध्यान दिनुपर्ने बताउनुभयो । महानगरपालिकालाई पर्ने अप्ठ्यारोमा मन्त्रालयले साथ दिने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री पौडेलले विद्यार्थीलाई पढाएर मात्र नहुने भएकाले होम भिजिट गर्नुपर्नेमा जोड दिनुभयो ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available