Nirvik Khabar

भरतपुर बिद्धुतका कर्मचारी धर्नामा , सबै काम ठप्प

निर्भीक खबर
निर्भीक खबर

 

भरतपुर- नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यालय प्रमुख सहित अन्य कर्मचारीसमेत गिरफ्तार भएको भनी मंगलबार कार्यालयको काम ठप्प पारिएको छ ।

आफ्ना कर्मचारीलाई झुठा मुद्दा लगाएको भनी अन्य कर्मचारीले विरोध स्वरुप काम रोकेका हुन् । उनिहरूले जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिएका छन्।कर्मचारी माथि झुट्टा मुद्दा लगाईएको भन्दै रिहाईको लागी नाराबाजी समेत गरेका छन् ।

असार ३१ गते कार्यालयमा सूचना संकलनका लागि पुगेका पत्रकार कृष्ण आचार्यमाथि कुटपीट गरेको आरोपमा विद्युत् कार्यालयका ८ जना कर्मचारी प्रहरी नियन्त्रणमा छन् । उनीहरुविरुद्ध अभद्र व्यबहारमा मुद्दा दर्ता भएको छ ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available