चितवन । भरतपुर अस्पतालले डीउटीमा नजाने डा. ऋतुराज तिवारीलाई कारवाही गरेको छ । अस्पताल विकास समितिको करार सेवामा रहनु भएका डा. तिवारीको करार भंग गरिएको हो ।
असार २६ गते निर्भीक खबर सहित विभिन्न संचारमाध्यममा “२४ घण्टादेखि चिकित्सक भेट्न पाएनन् भरतपुर अस्पतालका बिरामीले” शीर्षकमा समाचार प्रकाशित भएकाे थियो । डा। तिवारीले आफ्नो डीउटीको समयमा बिरामी परीक्षण गर्न नगएपछि भर्ना भएका बिरामीले २४ घण्टासम्म परीक्षण गर्न पाएका थिएनन् ।
उक्त समाचार प्रकाशित भएपछि अस्पतालले डा. तिवारीलाई तीन दिने स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नआएपछि आज उहाँको करार भंग गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले बताउनुभयो । करार भंग भएसँगै डा.तिवारीको भरतपुर अस्पतालको जागिर चैट भएको छ ।
Discussion about this post