चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ७ सिसुवार स्थित भित्रि सडकखण्डमा ट्रयाक्टर र अटो ठोक्किदा अटोमा सवार एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भिर घाईते भएका छन् ।
आज दिउँसो १ बजे चितवनको रत्ननगरमा ट्रयाक्टर र अटो ठोक्किदा अटोमा सवार रत्ननगर नगरपलिका वडा नम्बर ५ की शोभनी कुमारी थरुनीको मृत्यु भएको हो । सोही ठाउंँका बजही थारु र चालक जियान महत्तो गम्भिर घाईते भएका हुन् ।
रत्ननगरनगरपालिका वडा नम्बर ७ सिसुवार स्थित भित्रि सडकखण्डमा चित्रसारीबाट सौराहातर्फ जांँदै गरेको ना ४ त २७७४ नम्बरको ट्रयाक्टरले चित्रसारी तर्फ आउंँदै गरेको ना २ ह २२८५ नम्बरको अटोसंँग ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गम्भिर घाईते भएका तीनै जनालाई भरतपुर अस्पताल पठाईएकोमा शोभनीको १ बजेर ३८ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भिर घाईते बजहीको टाउको, छाती हात खुट्टामा भित्री चोट लागेको छ र चालक जियानको टाउको र मुखबाट रगत आएको छ । उनीहरु दुबैको थप उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ । ट्रयाक्टर र चालक प्रहरीको नियन्त्रणमा छन् ।































Discussion about this post