Nirvik Khabar

भरतपुर ५ का बाह्र सय ६५ परिवारलाई अनुदानमा इन्डक्सन चुल्हो वितरण

add

चितवन – चितवनको भरतपुर महानगरपालिका ५ मा अनुदानमा प्राप्त इन्डक्सन चुल्हो वितरण गरिएको छ ।वडा कार्यालयले उर्जा मन्त्रालयको वैकल्पिल उर्जा प्रवर्द्धन केन्द्रबाट ८० प्रतिशत अनुदानमा प्राप्त इन्डक्सन चुल्हो स्थानीयलाई वितरण गरेको हो । केन्द्रले वडालाई एक हजार २६५ वटा इन्डक्सन चुल्हो उपलब्ध गराएको थियो ।

वडा भित्र रहेका रहेका २९ वटा टोल सुधार मार्फत चुल्हो वितरण गरिएको हो। वडाले अनुदानको इन्डक्सन चुल्होका लागि मन्त्रालयमा निवेदन दिएको थियो । सोही आधारमा केन्द्रले ८० प्रतिशत अनुदानमा चुल्हो उपलब्ध गराएको उनले बताए । बाँकी २० प्रतिशत भने स्थानीयले नै तिरेका हुन् ।

टोल बिकास संस्थाले प्रतिघर पाँच सय २५ रुपैयाँ संकलन गरेर वडा मार्फत वैकल्पिल उर्जा प्रवर्द्धन केन्द्रबाट पठाएको श्रेष्ठले बताए । वडाले प्रत्येक टोल बिकास संस्थालाई ४० वटाको दरले चुल्हो वितरण गरेको थियो ।

यसैबीच आज (शनिबार) बिहान सिर्जनशील टोल बिकास संस्थाले ४० परिवारलाई उक्त चुल्हो वितरण गरेको छ । वडाध्यक्ष श्रेष्ठको उपस्थितिमा उक्त चुल्हो वितरण गरिएको हो ।

उक्त टोल बिकासबाट ६८ जनाले निवेदन दिएका थिए । निवेदकहरुबीच गोलाप्रथाबाट ४० जनालाई चुल्हो वितरण गरिएको टोल बिकास संस्थाका अध्यक्ष नेत्रनारायण आचार्यले जानकारी दिए ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस