Nirvik Khabar

देउवालाई रचनात्मक दबाब दिने शेखर पक्षको निर्णय

निर्भीक खबर
निर्भीक खबर

काठमाडाैं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधर नेताहरूले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई रचनात्मक दबाब दिने निश्कर्ष निकालेका छन्।

आज काठमाडौंमा भएको कोइराला पक्षीय नेताहरुको भेलाले पार्टी सभापति देउवालाई रचनात्मक दबाब दिने निश्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेता चन्द्र भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीतिक र गठबन्धनात्मक विषयहरुमा छलफल गरेको बताए। उनले छलफलमा पार्टीको आन्तरिक कुरामा पनि जोड दिएको बताए।

उनले भने, ‘देशको अहिलेको समसामयिक राजनीति, हाम्रो गठबन्धन, अहिले देशको आर्थिक अवस्था र भोलि हुने निर्वाचनको बारेमा र अहिले देशमा बढ्दै गएको महँगीको बारेमा हाम्रो लामो छलफल भइरहेको छ। पार्टीको आन्तरिक कुरामा पनि हामीले छलफल गरेका छौँ। यो भोलि २ बजेसम्मलाई स्थगित गरेर त्यसपछि सुरु हुनेछ। आजको बैठकमा कन्स्ट्रक्टिभ विद्रोहको पनि कुरा भएको छ। पोलिटिकल सोचाइमा पनि परिवर्तन भएको छ। त्यसको आधारमा हाम्रो विचार समूहलाई कसरी लैजाने भन्ने कुरामा सबैभन्दा महत्त्वपूर्ण छलफल भएको छ।’

नेता भण्डारीले छलफलमा राजनीतिक सोचाइमा परिवर्तन र त्यसको आधारमा आफ्नो समूहको विचारलाई कसरी अघि बढाउने भन्ने बारेमा पनि छलफल भएको बताए। उनले बैठक भोलि (शुक्रवार) २ बजेपछि पुनः बस्नेगरी स्थगित भएको बताए।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available