Nirvik Khabar

मानव बेचबिखनको हब बन्दै चितवन/ सरोकारवालाहरूको ध्यानाकर्षण

आशिष अधिकारी
भरतपुर । चितवन जिल्ला पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको (टान्जिट पोइन्ट) मुख्य केन्द्र बन्दै गएको पाइएको छ । आज भरतपुरमा शक्ति समूहले आयोजना गरेको बाल सरक्षण तथा मानव बेचबिखन विरुद्धको सवालमा स्थानीय सरकारको भुमिका विषयक कार्यशाला गोष्ठीमा
प्रस्तुत गरिएको कार्यपत्रले चितवन जिल्ला मानव बेचबिखन तथा ओसारपसारको लागि मुख्य केन्द्रको रुपमा रहेको देखाएको छ । विविध प्रलोभनमा पारी वैदेशिक रोजगारी र अध्ययनको शिलशिलामा बिदेशमा लगेर मानव बेचिने क्रम निकै डरलाग्दो अवस्थामा रहेको शक्ति समूह ब्यबस्थापन समितिका सदस्य तथा अधिबक्ता दिलिप कोइरालाले बताउनु भयो । अधिबक्ता कोइरालाका अनुसार चितवन लगायत नेपालमा मानव बेचबिखन तथा बाल सरक्षणको अवस्था निकै दयनीय र भयाबह रहेको छ । शक्ति समूह मानव बेचबिखन ओसारपसार तथा बाल सरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको सस्था हो । कोइरालाका अनुसार नेपालमा रहेका ४ सय ५० बालगृहमा १२ हजार बालबालिकाहरुले आश्रय लिइरहेका छन । जस मध्ये ८० प्रतिशत भन्दा बढी बालबालिकाहरु अभिभावक सहितका देखिन्छन् । विभिन्न प्रलोभनमा जाने या वैदेशिक रोजगारीमा जाने मध्ये पुरुषहरु बढी मात्रमा बेचिने गरेका छन तर उनिहरु खुलेर आउन नचाहेको देखिन्छ । बिदेश जानेहरु मध्ये पुरुषहरु पनि यौन शोषणमा पर्ने गरेको पनि तथ्यांकले देखाएको छ कोइरालाले भन्नू भयो । उहाँका अनुसार प्रति एक सयमा एक जना पुरुषको मात्रै उद्वार हुने गरेको छ । सरकारले पछिल्लो समय अबैध रुपमा सन्चालनमा आएका बालगृहहरुलाइ बन्द गर्ने तयारी पनि गरिरहेको छ । कार्यक्रममा बोल्दै भरतपुर महानगर स्वास्थ तथा सामाजिक बिकास महाशाखाका प्रमुख शान्ता कुमारी पौडेलकाले कुनै पनि बाहनामा कसैलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानुलाइ पनि मानव बेचबिखन भनिन्छ । भरतपुर महानगरले बिगतका बर्ष देखि नै चितवन जिल्ला बाहिरका बालबालिकाहरुको हकमा सम्बन्धित पालिकाहरुमै पुनर्स्थापना गर्दै आइरहेको छ ।
नेपालमा काठमाडौ, पोखरा र चितवनमा सबै भन्दा बढी बालगृहहरु सन्चालनमा रहेका छन । चितवनमा मात्रै ७४ प्रतिशत बालगृहहरु सन्चालनमा रहेका छन । बिदेशी पर्यटकको बाहुल्यता बढी रहेको क्षेत्रमा यस्ता खालका बालगृहहरु सन्चालनमा रहेको शक्ति नेपालले जनाएको छ ।
ऐनले पनि देश भित्र एक ठाउँबाट अर्को ठाउँमा मान्छे ओसारपसार गर्ने कार्यलाइ मानव बेचबिखन भनेको छ । कार्यक्रममा बोल्दै भरतपुर १० का अध्यक्ष परमेश्वर खनालले अबैध रुपमा खोलिएका बालगृहहरुमा तत्काल अनुगमन गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले मानव बेचबिखन तथा ओसारपसारको (टान्जिट पोइन्ट) मुख्य केन्द्र चितवन बन्दै गएको कुरा सुन्दा निकै दुख लागेको बताउदै यस कार्यलाइ तत्काल रोक्न हामी सबै लाग्नुको विकल्प नभएको बताउनु भयो ।
कार्यक्रमलाई समापन गर्दै उप प्रमुख चित्रसेन अधिकारले मानबले मानबलाइ दुख दिने कार्य पछिल्लो समयमा भयावह बन्दै गएको प्रती दुख व्यक्त गर्नु भयो । उप प्रमुख अधिकारीले मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधलाई समयमै न्यूनीकरण गर्न नसके यसले बिकराल रुप लिने भन्दै यस कार्यमा सहयोग गर्न सबैमा आग्रह गर्नु भयो ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस