Nirvik Khabar

मध्यविन्दुका तीनवटा खोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । नवलपुर (नवलपरासी पूर्व)को मध्यविन्दु नगरपालिका १० मा पर्ने तीनवटा खहरे खोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

नवलपुरको मध्यविन्दु १० मा रहेको ठुलो खहरे र सानो खहरे र विनयी त्रिवेणीको जमुने खहरे खोलाको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको वडा नम्बर १औ का अध्यक्ष रणबहादुर थापाले जानकारी दिए ।उनकाअसार अहिले सडक खुलाउने प्रयास जारी छ । तर अविरल वर्षाका कारण काम गर्न असहज भएको उनले बताए ।

“चिनियाँहरू मेसिनसहित पुगेको छ । बाढी ठुलो छ । पानी निरन्तर परिरहेको छ । काम गर्न असज छ । तर सडक खुलाउने प्रयास जारी छ,” उनले बाह्रखरीसँग भने । बाढीले डाइभर्सन बगाएपछि दुवैतर्फको सवारी आवागमन अवरुद्ध भएको छ ।

380b388d-1ff0-4917-b6a5-266d19bb2ffe
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस