Nirvik Khabar

भरतपुरको नीति तथा कार्यक्रम र बजेट पारित, मेयर दाहाल भन्छिन्ः ‘राजनीतिक भेदभाव हुँदैन’

चितवन- भरतपुर महानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित भएको छ । शुक्रबार ११औं नगरसभामा नगर प्रमुख रेनु दाहालले पेश गरेको नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको ५ अर्ब ७४ करोड बराबरको बजेट आइतबार पारित गर्दै नगरसभा सकिएको छ। नगरसभाले आर्थिक वर्ष ०७९÷०८० को बजेट अनुमोदनसँगै आर्थिक, विनियोजित विधेयक पारित समेत गरेको छ।

सो अवसरमा कार्यपालिकाका बैठकले गरेका निर्णयलाई परिमार्जनसहित अनुमोदन गरिएको छ । सभाको समापन समारोहमा बोल्दै प्रमुख दाहालले महानगरपालिकामा राजनैतिक भेदभाव नहुने प्रतिवद्धता व्यक्त गरिन् । सबै जना जनप्रतिनिधिको एक मात्र उद्देश्य र संकल्प भनेको महानगरको विकास मात्रै भएकाले पार्टीगत राजनीतिबाट अलग रहनुपर्ने बताइन् ।

‘महानगरबाट पनि राजनैतिक आस्थाको आधारमा भेदभाव गरिने छैन,’ उनले भनिन् ‘विगतमा पनि त्यो किसिमको वातावरण थिएन । अबको कार्यकालमा पनि हुनु हँदैन । सहमति सहकार्य र एकजुट भएर भरतपुरको विकासमा सर्मपित हुन सबैलाई आग्रह गर्छु ।’

सभालाई सम्बोधन गर्दै महानगरका उपप्रमुख अधिकारीले यस पटकका जनप्रतिनिधिहरु सबै जना युवा समूहबाट भएकाले रचनात्मक कार्यका साथ भरतपुरको विकासमा केन्द्रीत हुनुपर्ने उल्लेख गरे । महानगरमा रहेका सबै समस्यालाई सबै जनप्रतिनिधिले समधानको लागि सधै सल्लाह र सुझाव ग्रहण गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त पनि गरे । अहिले वडामा रु २ करोड ५० लाखका दरले बजेट विनियोजन भएपनि समग्रमा २९ वटै वडामा बाँकी बजेट खर्च हुने उनले बताए ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत रामबन्धु सुवेदी, वडाध्यक्षहरु केशव महर्जन, लेखराज पन्त, प्रकाश दवाडी, राजेन्द्रमणि काफ्ले, निवर्तमान वडा अध्यक्ष अरुण पीडित भण्डारी लगायतले बोलेका थिए । यस्तै उत्कष्ट करदाता, व्यवसायीहरुलाई सम्मान गरिएको थियो भने निवर्तमान वडा अध्यक्षहरुलाई बिदाई तथा सम्मान गरिएको थियो ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस