काठमाडौं । हाल देशको प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
आज (आइतबार) बिहान देशभर सामान्यदेखि पूर्णरुपमा बदली रहेको छ। त्यस्तै, प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो भने देशभर सामान्यदेखि पूर्णरुपमा बदली हुनेछ । देशभरका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ। त्यस्तै, गण्डकी प्रदेश, कर्णाली, लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार राती भने देशभर सामान्यदेखि पूर्णरुपमा बदली हुनेछ । त्यस्तै, देशभरका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ। साथै प्रदेश-१, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।
Discussion about this post