चितवन – भरतपुर महानगरपालिका ३ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।
आज (शनिबार) बिहान ९ बजे नारायणी नदीले बगाएर ल्याएको अवस्थामा अन्दाजी ३५/४० वर्षीय पुरुषको शव फेला परेको हो । मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले मुचुका तयार पारेर शव पोष्ट्मार्टमका लागि भरतपुर अस्पताल पठाएको प्रहरीले जनाएको छ ।


































Discussion about this post