Nirvik Khabar

भरतपुर महानगरको बजेट ५ अर्ब ७४ करोड

चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । त्यसमा आन्तरिक आय १ अर्ब ५० करोड रुपैयाँ रहने छ । त्यस्तै विकास निर्माणका लागि जनसहभागितामार्फत ३६ करोड रुपैयाँ जुटाइने बजेट वक्तव्यमा भनिएको छ ।

शुक्रबारबाट सुरू भएको महानगरपालिकाको ११औं अधिवेशन तथा नगरसभामा नगर प्रमुख रेनु दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीले बजेट पेस गरेका हुन् ।

चालू आर्थिक वर्षमा महानगरको बजेट ५ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । त्यसमा आन्तरिक आय ९७ करोड रुपैयाँ छ । नगर प्रमुख दाहालले दूध उत्पादन गर्ने किसानलाई दिँदै आएको अनुदान आउँदो आर्थिक वर्षमा १ रुपैयाँबाट बढाएर प्रतिलिटर ३ रुपैयाँ पुर्‍याउने घोषणा गरिन् ।

कृषि एम्बुलेन्सको व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । अबदेखि फोहोर व्यवस्थापनका लागि घरघरमै कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गरिने पनि मेयर दाहालले बताइन् । दाहालले एकीकृत शहरी विकास गुरुयोजनासमेत बनाइने बताएकी छिन् ।

महानगरमा तत्काल विभिन्न तीन वटा रुटमा विद्युतीय बस चलाउनेसँगै भरतपुर-देवघाटधाममा जेष्ठ नागरिकका लागि विद्युतीय बस चलाउने दाहालले बताइन् । भरतपुरको केन्द्रीय बसपार्कमा चार्जिङ स्टेसन बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, वि.सं. २०८० साललाई “भ्रमण वर्ष घोषणा” गरेर पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको दाहालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस