Nirvik Khabar

काठमाडौंमा भारी वर्षा, नदी किनार भएर हिँड्दा सतर्क रहन आग्रह

काठमाडौं । काठमाडौंमा गएराति देखिनै वर्षा भइरहेको छ । पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हनुमन्ते, मनोहरा, वाग्मती र यसका  सहायक नदीमा जलसतह बढिरहेको छ । यी नदी नदी किनारको बाटो भई यात्रा गर्दा अर्को तीन  घण्टा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

गएराति देखिनै वर्षा भइरहेको काठमाडौंका दिउँसो केही समय वर्षा रोकिने तर अपराह्न पुनः वर्षा हुने मौसमविद् हिरा भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस