ललितपुर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भष्टाचारको मुद्दा दायर गरेको छ। विशेष अदालतमा मुद्दा दायर हुनेमायातायातका १२ जना कमचारीर ५ जना विचौलिया रहेको अख्तियारले जनाएको छ ।
उनीहरुले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र गैरकानुनी रूपमा नवीकरणको बाटोबाट सच्याएर ५ सय ३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स बनाएर भ्रष्टाचार निवारणऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको अख्तियारको आरोप छ।
तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मा, मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायक स्तर (पाँचौं कमल स्याङतान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुयाल, कम्प्युटर अपरेटर (करार सेवा) प्रकाश कार्की, कम्प्युटर अपरेटर (करार सेवा, रेजु भट्टराई, कम्प्युटर अपरेटर (करार सेवा, रोशन राजभण्डारी, कम्प्युटर अपरेटर (करार सेवा, स्यामसुन्दर चौधरी, कम्प्युटर अपरेटर (करार सेवा, लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर (करार सेवा, माया सेठी, कम्प्युटर अपरेटर (करार सेवा) रिचा श्रेष्ठ उपर भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ११ बमोजिम मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
Discussion about this post