Nirvik Khabar

छात्रामाथि यौन दुर्व्यवहार आरोपी सेन्ट लरेन्सका दुई शिक्षक पुर्पक्षका लागि जेल चलान

निर्भीक खबर
निर्भीक खबर

काठमाडौँ– छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षक र कोर्ष को–अर्डिनेटरलाई अदालतले जेल चलानको आदेश दिएको छ ।

मंगलबार जिल्ला अदालत काठमाडौँले शिक्षक काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ का ५१ वर्षीय राजन कुमार पौडेल र कलेजका कोर्ष को–अर्डिनेटर काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ स्थायी ठेगाना भइ हाल काठमाडौं कागेश्वरी मनोहरा नगपालिका–८ बस्ने वर्ष ४७ वर्षीय जनार्दन अधिकारीलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।

कलेजमा अध्ययनरत केही छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै उनीहरूविरुद्ध विद्यार्थी आन्दोलित भएका थिए । उनीहरूविरुद्ध पीडितका अभिभावकले प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available