काठमाडौं । काठमाडौंमा दुई जनाा हैजा पुष्टि भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन र उच्च सतर्कता अपनाउँन आग्रह गरेको छ । कोलेरा अर्थात् हैजा भिब्रिओ कोलरी ब्याक्टेरियाका कारण गम्भीर पखाला सम्बन्धी रोग हो ।
भिब्रिओ कोलरी ब्याक्टेरिया रहेको दूषित खाना एवं पानीबाट सहजै फैलिने हुँदा हैजाबाट बच्न निकै सावधानी अपनाउनु पर्ने विज्ञहरुले बताएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार प्रत्येक वर्ष हैजाबाट १३ लाखदेखि ४० लाख मानिस संक्रमित हुने गरेका छन् भने करिब २१ हजारदेखि १ लाख ४३ हजारले ज्यान गुमाउने गरेका छन् ।
आइतबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्प्तालमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । हैजा देखिएका दुवै जना काठमाडौं महानगरपालिका वडा नम्बर २८ बागबजारका एकै परिवारका सदस्य हुन् ।
Discussion about this post