Nirvik Khabar

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९९ पुग्यो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्यवृद्धि गरेको छ ।

आजराति १२ बजेदेखि पेट्रोलियम पदार्थमा नयाँ मूल्य लागु हुने निगमले जनाएको छ ।नयाँ मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ ।निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य भने यसपटक बढाइएको छैन । यस्तै निगमले हवाई इन्धनमा आन्तरिकतर्फ १९ रुपैयाँ र बाह्य तर्फ १०० अमेरिकी डलरले वृद्धि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस