Nirvik Khabar

पोल्याण्डमा रोजगारीको प्रलोभन देखाएर २० लाख ठगी, विभागले गर्‍याे मुद्दा दायर

काठमाण्डौ – वैदेशिक रोजगार विभागले रोजगारीको लागि पोल्याण्ड पठाउँछु भन्दै २० लाख २० हजार रुपैयाँ ठगी गरेको पाइएपछि एक जना विरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ ।

पोल्याण्डमा कृषि काममा मासिक झण्डै १ लाख ८० हजार रुपैयाँ तलब हुने भनी २० लाख २० हजार रुपैयाँ ठगी गरेर नपठाएको पाइएपछि विभागले सप्तरी घर भई अहिले काठमाण्डौ सुकेधारा बस्ने पूर्ण कुमार दाहाल विरुद्ध न्यायाधिकरणमा मुद्दा दायर गरेको हो ।

पूर्ण कुमारले दोलखाकी सरिता भुजेललाई जम्मा खर्च २१ लाख लाग्ने र पोल्याण्डमा कृषिको काममा मासिक झण्डै १ लाख ८० हजार रुपैयाँ तलब हुने कागजसमेत गरेका थिए ।

तर २० लाख २० हजार रुपैयाँ रकम लिएपछि नपठाएको र लिएको रकमसमेत फिर्ता नगरेपछि पीडित सरिताले वैदेशिक रोजगार विभागमा उजुरी दिनुभएको थियो ।

विभागले वैदेशिक रोजगार ऐन २०६४ को दफा १० र दफा ४३ विपरीतको कसुर गरेको भन्दै पूर्ण कुमारलाई लिएको रकम २० लाख २० हजार र त्यसको ५० प्रतिशतले हुने आउने हर्जना रकम १० लाख १० हजारसमेत गरी ३० लाख ३० हजार मागदावीसहित वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस