काठमाडौँ- मंकीपक्सको आशङ्कामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पताल भर्ना भएका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले आँखा र कानको ३ वटा नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा कुष्ठरोगको जीवाणु भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
उनको नमूना बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीले परीक्षण गरेका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार २९ मुलुकमा एक हजार बढीमा मंकीपक्सका बिरामी भेटिएका छन् । नेपालमा आजसम्म कसैलाई पनि मंकीपक्स पुष्टि भएको छैन । मंकीपक्स फैलन नदिन मन्त्रालय सचेत र सतर्क रहको बताइएको छ ।
Discussion about this post