Nirvik Khabar

महानगरले बेवास्ता गरेको भन्दै भरतपुरका म्याजिक व्यवसायी आन्दोलित

प्रतिमा कुमाल

चितवन- भरतपुर महानगरपालिकाले अचानक बिना छलफल स्टेशनबाट हटाउने निर्णय गरेको भन्दै म्याजिक व्यवसायी आन्दोलित भएका छन् ।भरतपुर चौबिसकोठीबाट पश्चिम चितवन लाग्ने म्याजिकलाई बल प्रयोग गरेर स्टेसनबाट हटाउन खोजिएको भन्दै व्यवसायीले आन्दोलन गरेका हुन् ।

सोको विरोधमा आज महानगर परिसरमा म्याजिकसहित विरोध गरिएको सेक्टरका संयोजक विरेन्द्र क्षेत्रीले बताए । क्षेत्रीले भने ‘भरतपुर महानगरपालिकाले गरेको कुनै पनि निर्णयलाई अस्वीकार गरेको होइनौं । उहाँहरुलाई यातायात, ट्राफिक व्यवस्थापनमा हामीले पूर्णरुपमा सहयोग गर्छौं तर सही किसिमको व्यवस्था हुनु प¥यो । हिजोको आजै अचानक हट भनेर सम्भव छैन । यातायात व्यवसायसँग छलफल गरेर निर्णय लिएको भए राम्रो हुने थियो ।’

सम्बन्धित पक्षहरुलाई राखी सल्लाह गरी महानगरले काम अघि बढाउनुपर्नेमा क्षेत्रीको जोड छ । यहाँबाट दैनिक १८० वटा म्याजिक पश्चिम चितवनको गितानगर, रामपुर, चनौली, मेघौली, गोलाघाट, पकौडी, पटिहानी, बेलघट्टा, सुन्दरबस्तीलगायत क्षेत्रमा यात्रु बोकेर आवतजातव गर्ने गर्छन् ।

यस्तै भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले महानगरले हतारमा निर्णय नगरेको नारायणी अनलाइनलाई जानकारी दिए । विगतको कार्यकालमा मेयर दाहालले नै म्याजिकको व्यवस्थापन केन्द्रीय बस पार्क र पोखरा बसपार्कमा गरेको उनले स्मरण गराए । आफू खुसी जहाँ पाएक पर्छ त्यहाँ बस पार्क, म्याजिक स्टेसन राख्दा ट्राफिक व्यवस्थापनमा समस्या हुने उनको भनाइ छ । सुन्दर महानगरको परिकल्पनामा म्याजिक व्यवसायीले पनि सहयोग गर्नुपर्नेमा उनको आग्रह छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख धर्मबहादुर अधिकारीले २०७४ सालमै भएको निर्णयका कारण पूनः छलफलको आवश्यकता नरहेको बताए । उनले भने, ‘यो निर्णय २०७४ सालको सरकारले नै गरेको हो । यस व्यवस्थापनको एक दुई वर्ष कार्यान्वयनसमेत भएको थियो । पछि म्याजिक व्यवसाय र चालकले यसको बेवास्ता गरे, अहिले फेरि त्यसलाई कडाइ गरिएको मात्र हो । यसमा म्याजिक व्यवसायी आवेशमा आउनुपर्ने कुनै कारणनै थिएन ।’ यस्तै उनले नियम उलंघन हुने बित्तिकै कारबाही नभएका कारणले पनि यो समस्या निम्तिएको जीकिर गरे । त्यस बखतका सरोकारवालाले बेवास्ता नगरेको भए यो अवस्था नआउने बताए । साथै प्रमुख अधिकारीले चितवनमा म्याजिकको संख्या एकदमै बढेको र व्यवस्थापन नहुदा सवारी दुर्घटनाको जोखिम उच्च रहेको बताए ।

WhatsApp Image 2024-08-18 at 12.54.20 PM
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस